March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

युगाण्डाबाट प्रचण्ड स्वदेश फर्कंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्‍न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्‍नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ ।युगाण्डाको राजधानी कम्पालाबाट आज बिहान २.२५ बजे कतारको दोहा आइपुग्‍नु भएका प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे काठमाडौ आइपुग्‍नु हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गर्नुभएको थियो ।प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको