March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

जसपा नेपालको केन्द्रीय बैठक, महाधिवेशनबारे छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक शुरू भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा शुरू भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् । यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको