March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

कर्थली जनज्योति सामुदायिक विकास सहकारीले आफ्नो जग्गामा लगायाे काडेतार

सिन्धुपाल्चोक बाह्रबिसे- बाह्रबिसे नगरपालिका २ कर्थलीमा अवस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाले पुस २१ गते शनिबार आफ्नो अधिकार क्षेत्रमा पर्ने सबै जग्गामा काडेतार लगाएको छ। सहकारीको आफ्नो साढे २ राेपनि जग्गा रहेकाे छ जसमध्ये भवनको बनेका बाहेकको जग्गाकाे सिमानामा काडेतार लगाएकाे हाे।

सहकारीले जग्गा खरिद गरेकाे लामाे समयपछि आफ्नो सबै जग्गा प्रयोगमा ल्याउन कै लागी र चाैपायले दुख दिएकाे कारण पनि काडे जालि लगाएको श्राेतले बताएको छ ।

सहकारीले भवन बनाएर बाकी रहेकाे जग्गा विगत लामाे समयदेखि खालि रहेको थियो भने पशु चाैपायबाट बच्न र सहकारीले आफ्नो जग्गा उपयोग गर्न सजिलोका लागि पनि जग्गामा काडेतार लगाएकाे हाे ।

शनिबार र आइतबार २ दिन लगाएर सहकारीले आफ्नो क्षेत्रका सबै जग्गामा काडेतार लगाएको छ।

शीर्ष समाचार

धेरै पढिएको