May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

धरानका नगर प्रमुख हर्कलाई राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्न दबाब

धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ संगठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका छन् ।

मंगलबार धरानका राजनीतिक दलका भातृ संगठनले नगर प्रमुख हर्कराज राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि शान्तिपूर्ण र्याली गर्दै तस्बिर राख्न दबाब दिएका हुन् ।

नगर प्रमुख राईले पुस १२ गते आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँतीको राजा यलम्बरको तस्बिर राखेपछि सिर्जना भएको विवादले पुस १३ गतेको कार्यपालिका बैठकसमेत स्थगित भएको थियो ।

कार्यपालिका बैठकमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यले पुनः फोटो राख्न अनुरोध गरेपछि नगर प्रमुख राईले यस विषयमा सोचेर निर्णय गर्ने भनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

नगर प्रमुख राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेपछि केही दिनदेखि राजनीतिक दलहरूले आपत्ति जनाउँदै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको