March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बुधबार बाँडफाँट हुने

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि बुधबार बाँडफाँट हुने भएको छ । सर्वसाधारणका लागि जारी भएको आईपीओ मंसिर २७ देखि आवेदन खुलाएको थियो ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान १० बजे आईपीओ बाँडफाँट गर्ने भएको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाउने छन् । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । यीमध्ये केही आवेदन रद्द हुन सक्नेछन् । कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो ।

यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ ।धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले सेयर दिएपछि बाँकी रहेको सेयरका लागि १० कित्ताभन्दा माथिको आवेदन दिनेलाई पुनः १० कित्ताकै दरले प्रदान हुनेछ ।

यदि सबै आवेदन रितपूर्वक भरिएको पाइएमा पनि हिमालयन रिमा १६ लाख ६० हजारलाई १० कित्ताका दरले सेयर दिँदा १ करोड ६६ लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी रहेको सेयर पुनः २० कित्ता वा सोभन्दा बढीको आवेदन दिएकालाई १० कित्ताका दरले वितरण हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको