उपमहानगरले भत्कायो नक्सा पास नगरी बनाइएको अवैध संरचना
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो । अवैध संरचनालाई डोजर र नगर प्रहरीले भत्काएका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
जग्गाधनीद्वय अग्रवाल र बस्नेतले नक्सा पास गरेकोभन्दा बढी संरचना निर्माण गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यस्ता संरचनालाई अवैध ठहर गरेको थियो ।अवैध संरचना हटाउन घरधनीलाई धनगढी उपमहानगरपालिकाले पत्रसमेत पठाएको थियो ।
प्रतिकृया दिनुहोस्