July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ

अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। वडा नम्बर ७ का ५२ वर्षीय भोजराज विश्वकर्माले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अहमदविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका अहमदविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। अहमदलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

उनीबाट अन्य व्यक्तिसमेत विभिन्न किसिमबाट पीडित भएको भन्ने जानकारी आएकाले शेख मुनिर अहमदको नाममा कुनै जाहेरी/उजुरी भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ।