June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

आफै‌ले चलाएको ट्याक्टरले किचेर चालकको मृत्यु

डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ बर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । शनिबार राती साडे नौ बजेतिर घटना भएको र घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको