
पर्सा, पर्सामा आज नोबेल कोरोना भाइरसका ३४ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको स्वाबको नमुनालाई नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ८ जना महिला र २६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएका स्वाबको नामुना परिक्षणको आज दिउँसो आएको रिपोर्टमा सबै भन्दा बढी वीरगन्ज महानगरपालिकाको विभिन्न वडाबाट २१ जना जसमध्ये वडा नं. ११ श्रीपुरबाट १२ जना संक्रमित भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिएका छन ।







