December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

हरिबोधिनी एकादशी पर्व – विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह

कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठुलो एकादशी हरिबोधिनीलाई मान्ने गरिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज काठमाडौँको पशुपति नाथमा एकादशीको अवसरमा भक्तजनहरूले तोरन टाँग्ने गर्दछ ।

शीर्ष समाचार

धेरै पढिएको