May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

अस्थायी टहराको काम सुरु नभएपछि त्रिपालमुनि पीडितहरू

जाजरकोट – विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो ।

सरकारले तत्काल अस्थायी टहरा निर्माण गरी पीडितलाई जाडोबाट जोगाउने प्रतिबद्धता गरे पनि टहरा निर्माणमा ढिलाइ भएपछि त्रिपालमुनिको बसाई राहतको एकसरो कपडाले भूकम्प प्रभावित क्षेत्रका जनतालाई रात बिताउन समस्या परेको छ ।

भेरी नगरपालिका २ की हिरा कुमारी पुनले भूकम्पले घर भत्कियो राहत पाएको त्रिपालमुनि परिवार बसेका छौ, जाडोको मौसम चिसोले सताउँछ, ओढ्ने ओछ्याउने कपडा छैन, सरकारले अस्थायी बास बनाई दिने भने पनि कुनै सुरु गरेको छैन । न्यानो कपडा पाइन्छ की भनी भेरी नगरपालिकामा आएकी छु उहाँले भन्नु भयो ।

उता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत, उद्धार लगायतका काम सकिएकाले आगामी सात गते देखि अस्थायी टहरा निर्माणमा जुट्ने बताउनु भयो । रातमा अत्यधिक जाडो भएपछि न्यानो कपडा पाइन्छ की भन्दै स्थानीय तहमा सर्व साधारण भिड लाग्ने गरेका छन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको