
काठमाण्डौं, प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूकाे सरुवा गरेको छ ।
साेमबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरिएको जनाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिषण प्रतिष्ठान महाराजगंज, काठमाण्डौंका डीएसपी अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएको छ । यसैगरी गाेविन्द थापा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महारागंज काठमाण्डुबाट जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएका छन् ।











