December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

पाँचथर जिल्ला फुटबल क्लबको आयोजनामा किराँत गोल्डकप मङ्सिर १५ देखि हुने

पहिलो संस्करणको प्रथम प्रथम वाईवाई अन्तर्राष्ट्रिय गोल्डकप मङ्सिर १५ देखि २३ सम्म सञ्चालन हुने भएको छ ।पाँचथर जिल्ला फुटबल क्लबको आयोजनामा फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टोलीको सहभागिता रहने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रतियोगिता सञ्चालन गर्न पाँचथर फुटबल क्लबले अखिल नेपाल फुटबल सङ्घसहित विभिन्न निकायबाट अनुमति लिइसकेको केप्छाकीको भनाई छ । खेल सञ्चालन गर्न ५१ लाख रुपियाँ लागत अनुमान गरिएको छ ।

वाईवाई तयारी चाउचाउ प्रमुख प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय तहसँगै सरकारी र गैर सरकारी संस्थाले सहयोग गर्ने पनि मगरले बताउनुभयो ।पाँचथरको फिदिममा २०७५ सालदेखि राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता सञ्चालन हुन सकेका थिएनन् । फुटबल हेर्न दर्शकका लागि प्यारफिटको व्यवस्था गरिएको छ । टिकट अनिवार्य गर्ने किराँत आयोजकको तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको