
काठमाडौं, सुनको मुल्य आज नेपाली बजारमा ३ सय रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९७ हजारमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ६५ रूपियाँ कायम रहेको छ ।







