December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

मुगु सामूहिक हत्याकाण्ड : लुट्ने उद्देश्यले ४ जनाको हत्या

मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्।

मुगुमा भएको सामूहिक हत्या प्रकरणका एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको समेत हत्या गरेको बयान दिएका हुन् ।

हत्या गर्ने उद्धेश्यले नै मृतकको घरमा पुगेका थिए आरोपितहरु
प्रहरी नियन्त्रणमा रहेका गोपाल बोहोराले आफूहरु योजनाका साथ हत्या र लुटपाट गर्ने गरी मृतकको घरमा पुगेको बयान दिएका छन् । प्रहरी श्रोतका अनुसार गोपाल र उनका साथी काले भन्ने गोर्खराज शाही ठकुरीले पहिले नै योजना बनाएर श्रीदेवीको हत्या गरी लुटपाट गरेका हुन् ।

पूर्व योजनाअनुसार गोपाल र गोर्खराज कात्तिक ८ गते राती साँझ साढे ८ बजे मृतकको घरमा पुगेका थिए । दिदी, दिदी भनी गोपालले मृतकलाई बोलाएपछि मृतकले ढोका खोलेकी थिइन् । त्यसपछि मृतकको खाना खायौ कि छैन भनेर सोधेको समेत खुलेको छ ।

त्यसपछि केही समय कुराकानी गरेपछि आरोपितहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । आरोपितहरु घरमा पुग्दा ठूला भएका छोरीहरुले देखेका कारण पोल खुल्ने डरले उनीहरुको समेत हत्या गरेको र सबैको हत्यापछि सानो बच्चा रोएकाले उक्त बालकको पनि हत्या गरेको बयान दिएका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। गोपाल श्रीदेवीका मामाका छोरा हुन्।

श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए। दीपक भने गत मंसिरमा कतार गएका थिए।

गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए। दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए। त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए।

राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए। हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए। त्यसबेला नै श्रीदेवीसँग १०/१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए।तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए।योजनाअनुसार गोर्खबहादुर सुर्खेतबाट कात्तिक ५ गते मुगुका लागि हिँडेका थिए।

भोलिपल्ट पुगेका उनले पुगेका उनले गोपाललाई भेटेर उनको घरको भुइँ तलामा रहेको खरायोको खोरमा बसेका थिए। त्यसपछि कात्तिक ७ गते दिनभर मुन्दुस्थित एक सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर पुन: गोठमै आएर बास बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएकी थिइन्। त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको डिआइजी ढकालले बताए।

हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए। घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए।त्यसपछि उनले श्रीदेवीको फोनको सिम निकालेर आफ्नो सिम राखे।

दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको हो।

उनीबाट एक लाख ७९ रुपैयाँ, नेपाली राहादानी बरामद भएको छ। उक्त रकम उनले सुन बेचेर लिएका थिए। उनले घटनास्थलमा गलबन्दी छाडेका थिए। उनले गलबन्दी आफ्नो भएको स्‍वीकार गरेको प्रहरीले जनाएको छ।

हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर आरोपितहरु फरार भएका थिए । आरोपित गोपाल बोहोरा उक्त रात आफ्नै घरमा सुतेको भएपनि अर्का आरोपित गोर्खाराज शाही ठकुरी भने सोही रात हिँड्दै जुम्ला पुगेको र जुम्लाबाट बस चढेर सुर्खेत पुगेका थिए । सुर्खेतमा एकरात बसी त्यहाँबाट नेपालगञ्ज आएर लुटिएको सुन आरोपितले बेचेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको