April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

बाँके, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।

सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन् । राजापुर नगरपालिका- निवासी लक्ष्मी थारुले भने,“सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ ।” राजापुर स्वास्थ्य चौकीमा २४ सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन माग गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको