
काठमाडौं, ट्राफिक महाशाखा काठमाडौंको कार्यकाल सोमबारबाट उपरीक्षक (एसपी) रामेश्वर यादवले प्रबक्ताका रुपमा सम्भालेका छन । यसअघि उनी बारा जिल्लामा स्थायी घर भई कर्णाली प्रदेशमा कार्यरत थिए र त्यहाँ एक बर्ष कार्यकाल सकाएर ट्राफिक कार्यलय महाशाखा काठमाडौंमा सरुवा भएका हुन ।
उपरीक्षक यादव आजबाट उक्त महाशाखामा हाजिर हुनेगरी सरुवा भएका छन । उनले कर्णालीमा आफ्नो कार्यकालभरी सुर्खेत लगायतका १० जिल्लामा ट्राफिक पोष्ट स्थापना गर्नुका साथै सदरमुकामको मुख्य क्षेत्रमा पहिलोपटक सिसिटिभी जडान गरेका थिए ।
त्यस्तै बैकिङ् प्रणालीबाट राजस्व तिर्ने प्रविधिको पनि बिकास गरे। बैकिङ् प्रणालीबाट राजस्व तिर्ने प्रविधिको विकास भएको काठमाडौं पछिको दोस्रो स्थान कर्णाली नै हो। यस्तै साहसी र प्रसंसायोग्य काम गर्ने बानीका कारण उनि यसभन्दा अगाडी २०७५ सालमा राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा नेपाल तारा विभूषणबाट सम्मानित भईसकेका छन् । यो सँगै हाम्रोकान्तिपुरको सम्पूर्ण युनिटको तर्फबाट उहाँको सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछौ ।







