
कालिकोट, कालिकोटको नाग्म बजारमा सुख्खा पहिरो खस्दा १० जनाको मृत्यु भएको छ। जिल्लाको तिलागुफा नगरपालिका-१ मा रहेको नाग्म बजारमा आइतबार बिहान पहिरो खसेको हो। बजारमाथिबाट सुख्खा पहिरो खसेका कारण पुरिएर १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
कालिकोट र जुम्लाको सिमानामा रहेको यो बजारका चार वटा घर पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएर एकै घरका चारजना सहित १० जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार विहान साढे ७ बजे पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबाबु ओलीयाले पहिरोमा १० जनाको मृत्यु भएको जानकारी दिएका छन ।
डीएसपी ओलियाका अनुसार तिलागुफामा केहीदिन अघि कोरोना देखिएपछि त्यहाँ निषेधाज्ञा जारी छ। बजार सिल भएका कारण स्थानीयहरु घरभित्रै बसेका थिए। यसकारण पनि मानवीय क्षति धेरै भएको प्रहरीले जनाएको छ







