May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसको स्वागतमा आज (आइतबार) आयोजित रात्रिभोजमा पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी छन् ।

पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, खिलराज रेग्मीलगायतको सहभागिता रहेको छ । नेपाल ओर्लिएकै दिन महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्टमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको