April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

बुधबारदेखि लागू हुने नियमित उडानको भाडादर चार्टर उडानभन्दा महँगो

काठमाडौं, बुधबारदेखि लागू हुने नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। नियमित उडानको नयाँ भाडा लकडाउन अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ ।

नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपूर्तिका आधारमा तय हुने भएकाले विदेशमा अलपत्र नेपालीले स्वदेश फर्कन चर्को मूल्य चुकाउनुपर्नेछ। कोरोनाका कारण विदेशमा अलपत्र नेपालीले अब चार्टर उडानभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिनुपर्नेछ।

हवाई यात्राका लागि टिकेटिङ गर्ने प्रणाली जिडिएस ९ग्लोबल डिस्ट्रिब्युसन सिस्टम० मा चार्टरभन्दा पनि नियमित उडान भाडा महँगो भएको देखिन्छ। सरकारले यसअघिका उद्धार उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मनलाग्दी भाडा असुलेको भन्दै विरोध भएको थियो।

विरोध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडानतर्फको टिकटको मूल्य पाँच हजारदेखि नौ हजार रूपैयाँसम्म घटाइएको थियो। तर अब नियमित उडानमार्फत अलपत्र नेपाली ल्याउन विमान कम्पनीहरूले महँगोमा टिकट बेच्न थालेका छन्।

चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म महँगो भएपछि विदेशमा रोजगारी गुमाएका, आममाफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै समस्या पर्ने देखिएको छ।

बुधबारदेखि दिनमा दुईवटा नियमितसहित एक उद्धार उडानबाट पाँच सयजना नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वजनिक भएको छ। सरकारले अहिले आएर नियमित उडान खोल्नुभन्दा नेपालमा रहेका विदेशी लैजान आएका चार्टर विमानबाट नेपालीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञहरूको धारणा छ। उद्धार उडान व्यवस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको