March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

नेपाली राजदूतावास काेरियाले माग्याे ३५ लाख सहयोग – दुतावासको चौतर्फी आलोचना

दक्षिण काेरिया- नेपाली राजदुतावास सिओल दक्षिण कोरियाले ३५ लाख वन सहयोग रकम मागेकाे छ । काेरियामा रहेका केहि संघ संस्थाहरुलाई पत्र लेख्दै दूतावासले सांस्कृतिक कार्यक्रमका लागि आर्थिक सहयोग चाहिएको भन्दै पैसा मागेकाे हाे।

सांस्कृतिक कार्यक्रमहरु गर्न दूतावास आफै सक्षम भएपनि सरकारी निकाएले यसरी संघसंस्थाकाे नाम लिदै आम श्रमिक सँग पैसा माग्न थालेकाे भन्दै दुतावासकाे आलोचना भैरहेकाे छ। अक्टोबर २६ तारिख आज सार्वजनिक भएको दूतावासकाे पत्रमा उपस्थिति तथा आर्थिक सहयोग भन्दै ३५ लाख वन माग गरिएको छ ।

त्यसाे त दुतावासले के कति प्रयाेजनका लागि र कति नपुगेकाेले आर्थिक सहयोग माग गरेकाे भन्ने कुरा खुलाएको छैन । उक्त पत्र हेरि विभिन्न नेपाली र संस्थामा आवद्ध व्यक्तिहरुले नेपाली राजदुतावास काेरिया सहयोग माग्ने निकाय नभई विभिन्न दुखमा रहेका नेपालीहरुलाई सेवा र सुविधा दिने सरकारी निकाय रहेकाे बताएका छन् ।

अक्टोबर २८ तारिखका दिन दूतावासले कार्यक्रम गर्दै छ साेहि कार्यक्रमका लागि आर्थिक सहयोगकाे माग गरेकाे पत्रमा उल्लेख गरेकाे छ। त्यसैपनि विदेशमा अवस्थित नेपाली राजदुतावासहरुले समयमा नेपाली श्रमिकहरुकाे गुनासो नसुन्ने र सेवामा ढिलासुस्ती हुने गुनासाेहरु गरिरहन्छन् । दूतावासकाे यस्ता खालका सहयोगकाे अपिल सहितका पत्रका कारण छनै आलाेचित हुने देखिन्छ ।

त्यसाेत आवश्यक कार्यक्रमहरु र खर्चका लागि दूतावासले सरकार सँग माग गर्न सक्दछ ।

शीर्ष समाचार

धेरै पढिएको