दशैँका लागि उपत्यकाबाट गाउँ जानेहरूको भीड
दशैँका लागि उपत्यकाबाट गाउँ फर्किनेहरूको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्कलगायत क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरूको लर्को लागेको छ ।दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ ।
आज फूलपातीको दिन पनि उपत्यकाबाट बाहिरिनेको संख्या उल्लेख्य छ । बिहानैदेखि बाहिरिनेहरूका कारण काठमाडौंका विभिन्न नाकामा सवारी साधनको लाम लागेको थियो । नाकामा ट्राफिक जाम पनि छ । तर उपत्यका भित्रका सडकमा भने ट्राफिक चाप भने कम छ ।

प्रतिकृया दिनुहोस्