December 4, 2023, Monday
२०८० मंसिर १९, मंगलवार

उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाण्डौका चार वटा पेट्रोल पम्प सिल

उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाण्डौका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ । निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाण्डौका चार वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो ।

अनुगमन टोलीले आज बिहीवार हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हाे । हिजो बुधवार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै टोलीले अस्ति मङ्गलवार बेलुका बाबा भ्याली पेट्रोल पम्प सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरूको अनुगमन गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको