November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

भदौ मसान्तसम्म आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक

काठमाडौं, सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदाैभर रोक लगाएको हो। यसअघि १५ गते सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्दा ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।


ति मन्त्रीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा  आन्तरिक उडान र लामो दूरीको यातायात खोल्ने अवस्था नबनेपछि भदौभर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । 

त्यसैगरी, सरकारले उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि  महावाणिज्यदूत नियुक्त गरेको छ ।  

शीर्ष समाचार

धेरै पढिएको