November 30, 2023, Thursday
२०८० मंसिर १५, शुक्रबार

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टिका लगाईदिने

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो । जसमा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय बेग्लाबेग्लै छुट्याएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ भने सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको