
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष तथा गैर आबासिया नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इराकका सहसचिब मेघराज लामाले इराकमा रहेका नेपालीहरुका लागि आवश्यक पहल र व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलीका अध्यक्ष लामा विगत १० वर्षदेखि इरराकमा कार्यरत हुनुहुन्छ । समाजसेवामा पनि धेरै याेगदान पुर्याउनु भएका लामाले त्यहाँ बिपत्तिमा परेका नेपालीहरुकाे उद्वार गर्नुकाे साथै दुर्घटनामा परि मृत्यु भएका नेपालीहरुकाे शव नेपाल पठाउने कार्यमा इराकमा रहेका विभिन्न संघसंस्था र नेपालीहरुसँग समन्वय गरि स्वदेश पठाउने कार्य गर्नुभएको छ ।
इराक र नेपालबिच श्रम सम्झौता भने छैन । इराक जानका लागि सरकारले राेक लगाएको छ तरपनि विभिन्न माध्यमबाट राेजगारिका लागि नेपालीहरु असंख्य रूपमा इराकमा पुगेका छन् ।
यीनै सन्दर्भहरुकाे बारेमा जानकारी दिनुहुँदै अध्यक्ष लामाले
सडक दुर्घटना,कार्यस्थल दुर्घटनामा परि मृत्यु भएका नेपालीहरुकाे शव नेपाल पठाउन अत्यन्तै गाह्रो भएको बताउनुभएको छ।
अध्यक्ष लामाले विभिन्न माध्यम प्रयाेग गर्दै नेपालीहरु इराक पुगेकाेले सरकारले इराकसँग पुनः श्रम सम्झौता गरि सहज रुपमा इराक पठाउनुपर्ने माग गर्नुभएको छ।

आफू अध्यक्ष रहेकाे सस्थाले सोनाम ल्होसार र तामाङ समुदायको कल्चर झल्काउने खालका कार्यक्रमहर्ने र त्यहाँ रहेका नेपालीहरुलाई एकसाथ जाेड्ने गरेकाे र अबकाेे आफ्नो कार्यकाल उत्कृष्ट रहने विश्वास व्यक्त गर्नुभएको छ।






