सत्ता जोगाउन हतारमा हस्तलिखित सहमति !
कांग्रेसको विद्रोही समूहका केदार कार्की कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । कांग्रेसको डा शेखर पक्षका कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्की आफ्ना ८ र अन्य एमालेका गरी ४७ जनाको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
कोशी प्रदेशमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि कांग्रेस नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवासँग गठबन्धन कमजोर नबनाउने सहमति गरेका छन् । शनिवार बालुवाटारमा तीन नेताबीच गठबन्धनलाई कमजोर नबनाउने सहमति भएको हो ।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ तीन नेताले गरेको हस्तलिखित सहमतिमा उल्लेख छ ।
ADVERTISMENT
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND
बालुवाटार स्रोतले भन्यो, ‘कोशीमा एउटा परिस्थिति बने पनि सदर गर्ने र मिलेर जाने सहमति भएको छ ।’ सत्ता जोगाउन प्रधानमन्त्री प्रचण्ड हस्तलिखित सहमति गर्न लागेको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताएका छन् ।
००००
हस्तलिखित सहमतिको बलमा कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद बाँडिएर मुख्यमन्त्रीमा दाबी गरेपछि के होला भन्ने अन्योल अब सरकार गठन कसरी होला भन्नेतिर सरेको छ ।अब कार्कीले सरकार गठन गर्दा एमालेलाई समेट्छन् कि सत्ता गठबन्धन नै समेटिन्छ भन्ने प्रष्ट छैन ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा सत्ता गठबन्धनले नै निरन्तरता पाउने प्रष्टै बताएका छन् ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँच दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत गएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गरेका थिए ।
यसैबीच प्रधानसेनापति प्रभुराम शर्माले बेलायत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।
सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो ।
विसं २०८० को छ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् ।
यही असोज १३ गतेदेखि आरम्भ भएको पितृपक्ष शनिबारबाट समाप्त भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसबीचको समयलाई सोह्रश्राद्ध अर्थात् पितृपक्ष भनिएको हो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । लाेकान्तरबाट
प्रतिकृया दिनुहोस्