June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

रसुवागढीबाट नेपाल भित्रिए भेडा च्याङ्ग्राहरू

नेपालीहरुको महान चाड बढादशैँ नजिकिएसँगै चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् ।चीनको केरुङबाट दुई सय ४५ वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो । रसुवागढी नाका सम्म चीनीया ब्यापारीहरुले भेडा च्याङ्ग्रा ल्याई नेपाली ब्यापारीहरुलाइ दिएपछि रसुवागढी नाकाबाट भेडा च्याङ्ग्रा ल्याइएको हो ।

नेपाल भित्रिएको भेडा च्याङ्ग्राको मूल्य ३० हजारदेखि ३५ हजारसम्म मूल्य पर्ने नेपाली ब्यापारी दिवाकर न्यौपानेले बताउनुभयो । बिगत वर्षको तुलनामा यो वर्ष चीनमै चार हजार देखि पाँच हजारसम्म बढी मूल्य परेकोले धेरै लगानी गर्नु पर्दा कम संख्यामा भेडा च्याङ्ग्रा ल्याइएको उहाँको भनाई छ ।

तिब्बतबाट प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएकोमा गत बर्ष भने नाका बन्द भएका कारण ब्यापारीहरुले भेडा च्याङ्ग्रा रसुवागढी नाका भएर ल्याउन पाएका थिएनन् ।

सुरुमा सामान बाट सटही गरेको अनुभब बताउँदै प्रतिभेडा तथा च्यांग्रा तीन सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको हो । कोभिड–१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको