November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

मूलधारका मिडियाले साथ नदिएको भन्दै देश बचान युट्युबरसँग दुर्गा प्रसाईंको माग

व्यवसायी दुर्गा प्रसाईंले आफूलाई मूलधारका मिडियाले साथ नदिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मूलधारका मिडियाले कुनैपनि प्रतिनिधि पठाएका थिएनन् । उक्त कार्यक्रममै प्रसाईमाथि एमाले निकट युवा संघले मोसो दलेपछि आज आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले आफ्नो आक्रोश व्यत्त गरेका हुन् ।

मंगलबार प्रसाईले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि एकाधबाहेकका कुनैपनि मूलधारका मिडिया नपुगेपछि उनले युट्युबरहरुलाई देशको असली रक्षक भन्दै प्रशंसा गरे । उनले देशको भविष्य यट्युबरकै हातमा रहेको दाबी गर्दै देश बचाईंदिन आग्रहसमेत गरे ।

‘आजबाट आन्दोलन सुरु भयो, आजदेखि देशभरि युवाहरू निस्किनुहोस्, देशभरि आजदेखि हाम्रो आन्दोलन सुरु हुन्छ, राँके जुलुस, कार्यक्रम गर्नुस्, तपाईंहरू पनि निस्कनुस्, देश जोगाउन’, उनले भने, ‘तपाईंहरूलाई युट्युबे, स्युटुबे भन्छन् नि, तपाईंहरूले देश बचाउनु भो भने बचाउनु भो, यी ठूला मिडियाले बचाउँदैनन्, कुरा बुझ्नुस्। अब तपाईंहरूको टाउकोमा यो दायित्त्व आको छ।’

कुनैबेला नेकपा एमालेको केन्द्रीय सदस्य रहेका प्रसाई पछिल्लो समय एमाले त्यागेर देशमा स्थिरता कायम गर्न राजतन्त्र पुर्नबहाली गर्नुपर्ने भन्दै अभियान चलाईरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको