May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

इजरायलको बंकरमा रहेका सुवेदीसँग प्रधानमन्त्रीको फोन संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उद्धारका लागि सरकार सक्रियतापूर्वक लागिरहेको बताए ।

सरकारले जतिसक्दो छिट्टै उद्धारको तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही विषयको छलफल गरेर निर्णय लिन क्याविनेट र सर्वदलीय बैठक आह्वान गरिएको बताए । उद्धारका लागि सरकारले लगातार इजरायली राजदूतावासमा पनि समन्वय गरिरहेको प्रचण्डले फोन संवादमा बताए ।

‘हामी अस्तिदेखि लगातार लागिरहेका छौं । यही विषयका लागि अहिले पनि क्याविनेट बैठक बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । यो सबै त्यहाँ तपाईले विद्यार्थीहरुमा कम्युनिकेट गर्दिन पर्यो । हामी सबै तयारी गरिराखेका छौं । सक्रियताका साथ लागिराखेका छौं,’– विपिन सुवेदीसँगको फोन संवादमा प्रधानमन्त्री प्रचण्डले भने ।

शीर्ष समाचार

धेरै पढिएको