February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका मनाेज खड्का बेपत्ता,खाेजिदिन परिवारकाे आग्रह

 

वैदेशिक राेजगारीका लागि सन २०२२ नाेभेम्बर १३ तारिखका दिन मलेसिया पुगेका मनाेज खड्का सम्पर्क बिहिन (बेपत्ता ) भएका छन् ।

उनि कम्पनिमा काम गर्दै आएकाे भए पनि सन २०२३ सेप्टेम्बर २१ तारिखका दिन अन्यत्रै ठाउँमा काम सारिएको थियोे । कम्पनिले अर्को ठाउँमा काम सारे लगत्तै केही दिनमा मनाेज खड्का बेपत्ता भएका हुन् । उनका आफन्त पर्ने हिमाल कार्कीले बताए अनुसार मनाेज गत ८ दिनदेखि सम्पर्क बिहिन छन् । उनी कहाँ गए पनि टुंगो नलाग्दा सबैले खाेजिकाे पहल शुरुगरेका छन् । नेपालबाट मनाेजका पत्निले नगरपालिकामा आफ्नो श्रीमान् मनाेज खड्का हराएको भन्दै खाेजिदिन नेपाली राजदूतावास मलेसियालाई अनुराेध गरेकी छन् ।

मनाेज दिप्रुङ चुइचुम्बा गाउपालिका खोटाङका हुन् तर उनकाे स्थायी बसोबास हाल धरान उपमहानगर पालिका हाे ।कामको सिलसिला मनाेज विगत एक बर्ष देखि मलेसिया को पुचुङ्ग सेलाङ्गर भन्ने ठाँउमा थिए।

उनका केही नेपाली साथीहरूको जानकारी अनुसार मनाेजलाई डिप्रेस भएको आशंका गरिएको छ।

मलेसियामा अवस्थित नेपालीहरुले काहिँ कतै कसैले देख्नु भएकोमा नेपाली राजदुतावास मलेसियामा खबर गरि दिनुहुन अनुरोध गरेकाे छ । साथै मजाेजका आफन्त हिमाल कार्कीलाई दिएको सम्पर्क नम्बर 0175376509 मा जानकारी गराउन आग्रह रिएकाे छ।

शीर्ष समाचार

धेरै पढिएको