April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

प्रतिनिधि सभा बैठक भोलि

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि (आईतबार) बस्ने भएको छ । बैठक दिनको १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची तय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको