
काठमाडौं, आइतबार नेपालमा १ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ । देशमा १७ हजार ६१८ जना सक्रिय सङ्क्रमित थपिएका छन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ८२२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ महिला र १० पुरुष गरि १० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल सङ्ख्या २२१ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनामुक्त रहेको जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेको छ ।







