July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

राप्रपाले संविधान दिवसको दिन प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधान दिवसका दिन देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको हो ।राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजय व्यहोरेर पार्टीबाट बाहिरिएका कमल थापा फेरि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा देखिएका छन् । उनले पार्टीको महाधिवेशनमा राजाले हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको