
काठमाडौं, कोरोना संक्रमणका कारण देशमा लामो समयसम्म बन्दाबन्दी गरियो । ४ महिनापछि खुलेको बन्दाबन्दी पछि हाल निषेधाज्ञा जारी भएको छ। मानिसको चलहपहलमा नियन्त्रण भएपनि नियमित रुपमा विरामीको लागि आवश्यक रगत कमी हुदै गएको छ भने जनस्वास्थ्यको मापदण्ड पालना गरेर रक्तदान गर्न गराउन सम्बन्धित पक्षसँग सरकारले अनुरोध गरेको छ।
पछिल्लो समय देशमा विभिन्न रोगका विरामीलाई आवश्यक रगत कमी भएपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरेर रक्तदान गर्न र गराउन सबै पक्षसँग अनुरोध गरेको हो। सरकारले अनुरोध गरेसँगै विभिन्न संघ संस्थालको समन्वयमा रक्तदान अभियानहरु सुरु भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको भोलि पल्ट नै काडमाडौंको घट्टेकुलोमा जनस्वास्थ्यको मापदण्ड पालना गरी रक्तदान कार्यक्रम आयोजना भयो। त्यसै गरी लायन्स कल्व अफ बल्ड सर्कल काठमाडौंले पनि बसन्तपुरमा रक्तदान कार्यक्रम गर्यो ।
बल्ड डोनेशन एसोसीयसन का काठमाडौं जिल्लाका सचिव अनिल तुलाधरले देशमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर मापदण्ड पालना सहित रक्तदान आयोजना गरिएको बताउनु भयो। उहाँले लायन्स कल्व अफ बल्ड सर्कल काठमाडौंले जो सुकैले खवर गरेको अवस्थामा घरघरमा नै पुगेर रक्त सङ्कलन गर्ने गरी तयारी गरिएको र अभियानका रुपमा ठाउँ ठाउँमा पुगेर रक्त सङकलन गर्दै आएको जानकारी दिएका छन ।







