
काठमाडौं, ललितपुरको पाटन असस्पतालमा २९ वर्षका युवासहित दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
ललितपुर पाटनका बासिन्दा २९ वर्षे युवाको उपचारको क्रममा शनिबार राति १ बजे निधन भएको अस्पतालले जनाएको छ। उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिए।यस्तै शनिबार बेलुका सात बजे पाटन अस्पतालमै ५७ वर्षका संक्रमित पुरुषको पनि निधन भएको छ । भैरहवाका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। उनीमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो ।







