November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

मुम्बईमा विमान दुर्घटना,आठ जना घाइते

भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो निजी विमान दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको छ । दुर्घटनामा विमान चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।

दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।

विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।”

शीर्ष समाचार

धेरै पढिएको