राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि,दुई छोराले दिए दागबत्ती
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार बिहीबार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।
नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत आर्यघाट पुगेका थिए। अन्त्येष्टिका क्रममा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो। सरकारले नेम्वाङको निधनमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिकृया दिनुहोस्