
पर्सा, नारायणी अस्पतालको प्रयोगशालामा प्रदेश नम्बर २ को विभिन्न स्थानबाट आएका स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थपिएका सङ्क्रमितहरु प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही र काठमाडौंका बासिन्दा हुन । अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालले आज अबेर राति सार्वजनिक गरेको विवरण अनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण देखिएको छ । जसमा पोखरियाका १० जना, कालीकामाईका ३ जना र बाँकी सबै वीरगञ्जको बिभिन्न वडाका बासिन्दा हुन ।







