
काठमाडौँ, नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ।’ मृतक सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो ।







