November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

एमालेमा पहिरो जाँदैछ – झलनाथ खनाल

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन् ।पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए ।

उनले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’

पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’

उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे। आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गरे।

शीर्ष समाचार

धेरै पढिएको