July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार,खतरामुक्त

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने सापकोटा आफू राजावादी भन्ने गर्छन् ।यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले काठमाडौं प्रहरी परिसर सिंहदरबारमा राखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको