November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

इजरायल जाने श्रमिकलाई केयर गिभरको तालिम दिने संस्थाले विभागसँग स्वीकृति लिनुपर्ने

इजरायलमा केयर गिभरको काममा जान चाहने श्रमिकलाई अबदेखि तालिम दिने संस्थाले वैदेशिक रोजगार विभागसँग अनुमति लिन पर्ने भएको छ । त्यसका लागि १५ दिनभित्र तोकिएको कागजातसहित निवेदन पेस गर्न विभागले सूचना जारी गरेको छ।इजरायलमा केयर गिभरको रूपमा जाने चाहने श्रमिकले रोजगार आवेदन दिँदा नै अनिवार्य केयर गिभरको तालिम लिएको हुन्छ ।

यसअघि विभागसँग अनुमति नलिएका संस्थाहरूमा तालिम लिएको भए पनि हुन्थ्यो । तर अब भने विभागले केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार इजरायल रोजगारीमा जाने श्रमिकलाई तालिम दिने संस्थाले भने अनिवार्य रूपमा विभागसँग अनुमति लिनु पर्ने नियम बनाएको हो ।

तालिम दिनका लागि विभागले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ । आवेदन दिँदा आफूसँग भएको भौतिक सामग्री र अन्य मापदण्डको समेत अलग्गै व्यवस्था गरी विभागमा बुझाउन पर्छ ।

इजरायलले नेपाल सरकारसँग सम्झौता गरी जीटुजी अर्थात् सरकारी प्रक्रियामार्फत नै दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली श्रमिकहरू लगिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको