May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्छ – सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले संसदबाट पारित भएर कार्यान्वयनमा पुगेको अमेरिकाको सहयोगी परियोजना एमसीसीबारे नेपालको संसद्ले पारित गरेको १२ बुँदै व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्ने बताएका छन् ।

शनिबारबाट माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने विशेष अभियान ‘जनतासँग माओवादी ’ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष सापकोटाले १२ बुँदे घोषणा दुई देशबीचको सम्झौताको मुख्य अंश हुनुपर्ने बताए ।

उनले भने ‘एमसीसीबारे १२ बुँदै व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ। संसद्ले पास गरेको विषय भएकाले प्रष्ट रुपमा संस्थागत रुपमा औपचारिक रुपमा मुख्य सम्झौताको अंग बन्नुपर्छ, अनि मात्रै कार्यान्वन हुन सजिलो हुन्छ। व्याख्यात्मक घोषणा सम्झौताको अंग हुनुपर्छ। त्यसो हुन नसके अप्ठ्यारो पर्छ।’