June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

एशिया कप- बाङ्लादेश र श्रीलंकाबीचको खेल आज

एशिया कप अन्तर्गत आज बाङ्लादेश र श्रीलंकाबीच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट शुरू हुने खेलमा बाङ्लादेश शकिब अल हसनको कप्तानीमा र श्रीलंका दसुन शनाकाको कप्तानीमा मैदानमा उत्रदैछन्।

यस पटकको एशिया कप ‘हाइब्रिड मोडल’मा सञ्चालन भएकाले यो खेल श्रीलंकाको पल्लिकेली रंगशालामा हुनेछ। यसअघि हिजो भएको पाकिस्तान र नेपालबीचको खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको थियो।

प्रतियोगितामा बाङ्लादेश र श्रीलंका समूह ‘बी’मा छन्। यी टोलीसँगै यो समूहमा अफगानिस्तान पनि छ। नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन्। नेपालविरुद्धको खेलमा जित हात पारेसँगै पाकिस्तान दुई अंक सहित समूह ‘ए’को शीर्ष स्थानमा छ। पाकिस्तानले शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।

शीर्ष समाचार

धेरै पढिएको