डेङ्गु सङ्क्रमणबाट मृत्यु

बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार धनगढीस्थित नोभा अस्पतालमा गएराति उपचारका क्रममा खत्रीको मृत्यु भएको हो ।

एक साताअघि भारतबाट घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।