May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

भुटानको ड्रक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर उडान हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।”

ड्रक एयरको विमान पोखराबाट सिधा पाराको लागि नै उड्नेछ । पोखरामा ड्रुक एयरको विमान आउनु सुखद रहेका निरौलाले बताउनुभयो ।उहाँले भन्नुभयो, “पोखरामा ड्रक एयरको विमान आउनु सुखद कुरा हो । बिस्तारै अन्तर्राष्ट्रिय विमानहरू थपिँदै जानेछन् ।”

शीर्ष समाचार

धेरै पढिएको