December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

शिक्षक कर्मचारिकाे बिमा गर्दै अमरगढी नगरपालिका

  • 1
    Share

डडेल्धुरा, डडेल्धुरा सदरमुकामकाे नगरपालिका अमरगढीले बिद्यालयमा रहेका कर्मचारि र शिक्षककाे काेराेना बिमा गरेकाे छ। विश्व समुदाय नै काराेना महामारीको मारमा परेका वेला हरेक क्षेत्रमा काम गर्न कठिनाई रहेकाे छ भने संक्रमण दिनानुदिन वढ्दै गएकाे छ । यस बाट शिक्षक, कर्मचारि सुरक्षाकर्मि, स्वास्थ्यकर्मि र जनप्रतिनिधि उच्च जाेखिममा रहेका छन ।

अमरगढीकाे याे अभियान लाई निकै सकारात्मक सुरुवात भन्दै शिक्षक महाँसंघ डडेल्धुराका सचिव तारा प्रसाद अवस्थिले प्रशंसा समेत गरेका छन । उहाँले अाफ्नाे फेसवुक वालमा स्टाटस मा उल्लेख गरेका छन । डडेल्धुरा जिल्ला अन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीको कोरोना बिमाको कार्य अमरगढी न.पा.ले थालनी गरेकोले हार्दिक धन्यवाद तथा अरु नगरपालिका र गाउँपालिकाले पनि तुरुन्त शिक्षक र विद्यालय कर्मचारी हरुको बिमा कार्य गरिदिन हार्दिक अनुरोध छ । साथै शिक्षक साथीहरुले पनि आ- आफ्नो स्थानीय तहमा शिक्षक तथा विद्यालय कर्मचारीहरुको बिमा गर्ने कार्यका लागि आबश्यक पहल गरि सहयोग गर्नुहुन समेत अनुरोध छ । याे अभियानले जन्ताकाे सेवामा अग्रसरहुन थप बल पुगेकाे छ।

शीर्ष समाचार

धेरै पढिएको