April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

अध्यक्ष चाैरासीयाद्वारा तुलसालय आश्रमलाई आर्थिक सहयोग प्रदान

नेपाल तराई समाज काेरियाका अध्यक्ष अवदेशराज चाैरासीयाद्वारा तुलसालय आश्रमलाई २० हजार रुपियाँ रकम सहयोग गरेका छन्।

उनले शनिबार काठमाडौको ललितपुर स्थित रहेको नख्खु डोल तुलसालय अनाथ तथा वृद्धा आश्रमलाइ २० हजार नेपाली रकम हस्तान्तरण गरेका हुन्। उनले सहयोग मागका लागि धेरै आश्रमको प्रस्ताव आएको बताए। पुन विचार र आवश्यक देखेर यहि आश्रमलाई हस्तान्तरण गरेको बताए।

 चौरासियाले आफ्नी श्रीमती र साथिहरुको उपस्तिथिमा आश्रमलाई रकम हस्तान्तरण गरेको बताएका छन्। उनले भविष्यमा पनि अवसर जुरे आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको