पर्यटनमन्त्री सुदन किरातीका बुवाको निधन,प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्वबहादुर खड्का, शहरी विकासमन्त्री सिता गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो ।
मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए। राईको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्